×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल फाइनान्सले बोलायो एकैपटक ८ वर्षको साधारणसभा, १७५ प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पेश गरिने

PRIME CA

नेपाल फाइनान्सले बोलायो एकैपटक ८ वर्षको साधारणसभा, १७५ प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पेश गरिने

१८ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल फाइनान्सले ८ वर्षको वार्षिक साधारण सभा एकैसाथ बोलाएको छ । कम्पनीले सभा भदौ ११ गते होटल, कान्तिपथ काठमाडौंमा बिहान ११ बजे डाकेको छ। सभा प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गर्ने भएको छ । साउन २५ गतेसम्म कायम सेयरधनीले मात्र उक्त साधारणसभामा भाग लिन पाउने छन् ।
सभामा कम्पनीले १७५ प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पनि पेश गर्ने भएको छ । साथै, अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने प्रकृया अघि बढाउन सञ्चलक समितिलाई अख्तियारी दिने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरिक्षक नियुक्त गर्ने र कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: