Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको चौथौ त्रैमास: खुद नाफा २६.४१ प्रतिशतले बढ्यो, ईपीएस कति ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले ८४ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २६.४१%ले धेरै हो । अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले ६७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस्तै, बैंकले १ अर्ब २३ करोड रुपैयाँ  खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म बैंकले १ अर्ब १३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले सञ्चालन नाफा ९६ करोड १२ लाख रुपैयाँबाट बढेर १ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ।। 
यो चौथौ त्रैमाससम्म बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५७ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले २० करोड निक्षेप संकलन गरी ७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। बैंकले रिजर्भको आकार १०६.९७ प्रतिशतले बढाउँदै १ अर्ब ६३ करोड रुपैयाँको बनाएको छ। 
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ७.०६ रुपैयाँ रहेको छ। बैंकले निकट भविष्यमै ८ अर्ब रुपैयाँको आइपिओ निष्कासन गर्न तयारी गरिरहेको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरिसकिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK