
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना बीमा दाबी भुक्तानीका नाममा गृह मन्त्रालयको उर्दीको धज्जी उडाउने नेपाल बैंक र नेपाल इन्स्योरेन्सका कर्मचारीलाई कारवाही गर्न चौतर्फी दबाब बढेको छ । गृह मन्त्रालयले मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लङ्घन गर्ने व्यक्ति वा संस्था सोको संचालकलाई समेत कारवाही गर्ने सूचना जारी गरेको भोलिपल्ट नै नेपाल इन्स्योरेन्सले कोरोना बीमाको दाबी परेकालाई भुक्तानी भन्दै नेपाल इन्स्योरेन्सका विक्रान्त पाण्डेले मास्क समेत नलगाई आफ्नै विज्ञापन गरेको पाइएको छ।
नेपाल बैंक सुर्खेत शाखामा कार्यरत कर्मचारीको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि १२ घण्टाभित्र इन्स्योरेन्सका नायव महाप्रबन्धक विक्रान्त पाण्डेले दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेका हुन् । तर कोरोना महामारीका बेला गृह मन्त्रालयको निर्देशकको अवज्ञा गर्दै नेपाल बैंक र नेपाल इन्स्योरेन्सका कर्मचारीहरुले मास्क समेत नलगाई, भौतिक दुरीसमेत कायम नगरी आफ्नै टाउकाको प्रचारप्रसार गरेको पाइएपछी उनीहरुलाई कारवाहीका लागि गृह मन्त्रालयलाई आम नागरिकले आग्रह गरेका छन् ।
यता नेपाल इन्स्योरेन्सका महाप्रबन्धक विक्रान्त पाण्डेले भने आफुले आफ्नो ड्युटी पूरा गरेको दाबी गरेका छन् । उनले आफुले सुरक्षित सम्पूर्ण मापदण्ड पूरा गरेकोसमेत दाबी गरेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्