
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले पनि गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले खुद नाफासहित अधिकांश सूचक घटेको वित्तीय विवरण सार्वजनिक गरेको हो । यस अवधिसम्म आउँदा बैंकको खुद नाफा २२.६४% ले गिरावट आएर २ अर्ब ५७ करोड १७ लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ ।
गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३२ करोड ४१ लख १३ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा पनि ५३.०९% ले घटेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । वितरण योग्य नाफा ६५ करोड २३ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोहि अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ३९ करोड ६ लाख रुपैयाँ थियो ।
यस्तै बैंकका दुई महत्वपूर्ण सूचक खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि घटेका छन् । खुद ब्याज आम्दानी ६.६९% ले घटेर ५ अर्ब ७६ करोड १ लाख ९७ हजार रुपैयाँमा सिमित भएको छ । यस्तै सञ्चालन नाफा १२.०३% ले घटेर ३ अर्ब ६३ करोड ६१ लख ४१ हजार रुपैयाँमा आएको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्