×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी, कन्ट्याक्ट ट्रेसिङमा परेकाको रिपोर्ट आउन बाँकी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल इन्भेष्ट बैंक लिमिटेडमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको बीरगंजस्थित शाखाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको हो । अहिले उनलाई आइसोलेसनमा राखिएको छ भने उनको स्वास्थ्यस्थिति सामान्य रहेको बुझिएको छ । बैंकका एक उच्च अधिकारीले आफ्ना स्टाफलाई कोरोना संक्रमण भएको पुष्टी गरेका छन् ।

यता ती कर्मचारीको सम्पर्कमा आएका कर्मचारीहरुको पनि कोरोना टेष्ट गरिएको छ । टेष्टको रोपोर्ट भने आउन बाँकी छ ।   

यता हरेक दिनजसो कुनै न कुनै बैंकका कर्मचारीलाई कोरोना संक्रमण देखिन थालेपछि बैंकरहरुसमेत चिन्तित हुन थालेका छन् । केहि दिनअघि मात्र मेगा बैंक नेपाल लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । 
बीरगंजमा कोरोना प्रकोपका कारण अधिकांस बैंक तथा वित्तीय संस्थाका शाखाहरुबाट दिइने सेवाहरु प्रभावित छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: