×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आइतबार ४.६४ अंकले बढ्यो बजार, १ अर्व ६१ करोडमाथिको कारोबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । बिहिबारको तुलनामा बजार ४.६४ अंकले बढेर १४६२.६७ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८६ कम्पनीको ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ६१ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ३४ करोड ३२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : एनआरएन इन्फ्रास्टक्चर र नेको इन्स्योरेन्सको भएको छ ।
यता, आइतबारको कारोबारमा बैंकिङ्ग, विकास बैंक र म्युतुअल फण्ड उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बिमा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै तारागाउँ रेजेन्सी र लक्ष्मी इक्युती फण्डलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: