×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै, सोमबार बोलकबोल हुने !

LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै, सोमबार बोलकबोल हुने !

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सरकारलाई आवश्यक रकम जुटाउन केन्द्रीय बैंकले ट्रेजरी बिलमार्फत ऋण उठाउन लागेको हो । मंगलबार (भाद्र २ गते) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार (भाद्र १ गते) दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
केन्द्रिय बैंकले २८ दिन र ९१ दिनको अवधिका लागि ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो। बैंकले २८ दिनकाे ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्नेछ । यो ट्रेजरी २०७७ साल भाद्र ३० गते परिपक्क हुनेछ । त्यसैगरी, ९१ दिनको अवधिका लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्नेछ । यो ट्रेजरी २०७७ साल मंसिर २ गते परिपक्क हुनेछ ।
ट्रेजरी बिलको बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी