×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव यमलाल भुसाल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव यमलाल भुसाल नियुक्त

Artha Sarokar

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् । उनी अर्थमन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख हुन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गर्दै भुसाललाई कम्पनीको अध्यक्ष बनाउने निर्णय गरेका हुन् । भुसाललाई भदौ ३ गतेको मन्त्रिस्तरीय निर्णयका आधारमा अध्यक्षको जिम्मेवारी दिइएको हो । कम्पनीले मंगलबार कम्पनीको अध्यक्षमा भुषाल नियुक्त भएको जानकारी नेपाल स्टक एक्सचेनजलाई गराएको छ ।
त्यसैगरी पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा रमेश लम्साल नियुक्त भएका छन् । लम्साललाई पनि सरकारको तर्फबाट संचालक समितिको सदस्य बनाइएको हो ।
कम्पनीमा ७ जना संचालक हुनुपर्नेमा अब ३ पद खाली छ । खाली रहेका संचालकमा पब्लिक सेयरधनीको तर्फबाट २ जना र विज्ञ संचालकको तर्फबाट १ जनाको पद रिक्त छ ।
यसअघि मन्त्रिपरिषदले संचालक समिति अध्यक्ष नियुक्त गर्ने र सो अध्यक्षले ४ वर्षको लागि संचालक समितिको नेतृत्व गर्ने परम्परा थियो । तर, यसपटक मन्त्रिस्तरीय निर्णयबाट भुसाललाई अर्काे व्यवस्था नभएसम्मको लागि भनेर अध्यक्ष बनाइएको छ ।
कम्पनीमा संस्थापक सेयरधनीको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व छ । संस्थापक सेयर स्वामित्वमध्ये कुल प्रमोटर सेयरको करिब ६० प्रतिशत सरकारको र बाँकी प्रमोटर सेयर बीमा कम्पनीहरुको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी