×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राताम्मे बन्यो सेयर बजार, ४२.७८ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राताम्मे बन्यो सेयर बजार, ४२.७८ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

१८ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । बिहिबारको तुलनामा बजार ४२.७८ अंकले घटेर १३९६.२८ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८९ कम्पनीको ४६ लाख ६१ हजार ६०८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८४ करोड माथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल २२ करोड ६५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाईफ इन्स्योरेन्स र एनएमबि बैंकको भएको छ ।
यता, आइतबारको कारोबार सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै आरम्भ चौतारी लघुवित्त र अजोड इन्स्योरेन्सलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै जोशी हाइड्रोपावर र ओरेन्टल होटललगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी