
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ । सोमबारको तुलनामा बजार ६.६१ अंकले घटेर १४२३.८१ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९० कम्पनीको ३६ लाख ३० हजार ८४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २७ करोड माथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल १२ करोड १६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाईफ इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको भएको छ ।
यता, मंगलबारको कारोबारमा म्युचुअल फण्ड उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै अजोड इन्स्योरेन्स र साधना लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल फाइनान्स र कालिका माइक्रोक्रेडिटलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्