×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईतिहास रच्दैछ नेप्से ! सोमबार २२.३१ अंकले बढ्यो नेप्से परिसूचक, साढे ३ अर्व हाराहारीको कारोबार !

GLOBAL IME BANK

ईतिहास रच्दैछ नेप्से ! सोमबार २२.३१ अंकले बढ्यो नेप्से परिसूचक, साढे ३ अर्व हाराहारीको कारोबार !

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । आइतबारको तुलनामा बजार २२.३१ अंकले बढेर १४८४.९९ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८९ कम्पनीको ७७ लाख ६३ हजार ०५६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ४६ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल २८ करोड ७४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेको इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ ।
यता, सोमबारको कारोबारमा होटल्स उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै शिखर इन्स्योरेन्स र सानिमा माई हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै अरुण काबेली र कालिका पावर कम्पनीलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: