×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार ५.६८ अंकले बढ्यो बजार, १ अर्व २३ करोडमाथिको कारोबार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मंगलबार ५.६८ अंकले बढ्यो बजार, १ अर्व २३ करोडमाथिको कारोबार

Artha Sarokar

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ । सोमबारको तुलनामा बजार ५.६८ अंकले बढेर १४०७.८९ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८९ कम्पनीको ४१ लाख १४ हजार ५१२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व २३ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नागरिक लगानी कोषको भएको छ । यस कम्पनीको कुल १६ करोड ५९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाईफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सको भएको छ ।
यता, मंगलबारको कारोबारमा बैंकिङ्ग, होटल, विकास बैंक, फाइनान्स र म्युचुअल फण्ड उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै नागरिक लगानी कोष र साधना लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै घलाम्दी हाइड्रोपावर र दिब्यश्वोरी हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी