×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्याब्सनको व्यवहारप्रति नेपाल टेलिकमको असन्तुष्टी, टेलिकमसँगको सम्झौता बीचमै तोडियो

LAXMI SUNRISE BANK

प्याब्सनको व्यवहारप्रति नेपाल टेलिकमको असन्तुष्टी, टेलिकमसँगको सम्झौता बीचमै तोडियो

१९ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को व्यवहारप्रति नेपाल टेलिकमले असन्तुष्टि जनाएको छ । टेलिकमले आइतबार एक विज्ञप्ती जारी गर्दै असन्तुष्टि जनाएको हो । कोरोना भाइरस महामारीका कारण उब्जिएको विषम परिस्थितिमा सहज र सुलभ रुपले शिक्षा आदान प्रदान गर्नका लागि बैशाखदेखि नेपाल टेलिकम र प्याव्सनबीच ई–शिक्षा प्याकेज दिने सम्बन्धि सहमति भएको थियो । तर, बीचमै प्याब्सनले नेपाल टेलिकमको नेटवर्कमा अनेक समस्या देखाएर जानकारी बिनै एनसेलसँग सम्झौता गरेको प्रति टेलिकमले असन्तुष्टि जनाएको हो ।
टेलिकम र प्याब्सनबीच विभिन्न समयमा हुने छलफलहरु सकारात्मक भएको भएपनि प्याब्सनले एक्कासी आएर कम्पनी माथि अनेकन दोषारोपण गर्ने खालका शब्दावली सहितको परिपत्र जारी गरेकोप्रति कम्पनीको ध्यानआकर्षण भएको बताइएको छ । आफू अनुकुल कुनैपनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमती नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनीको असहमती रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयमा बिथोलिएको शैक्षिक वातावरणमा विद्यार्थी र शिक्षकलाई पुनः जोड्न यो प्याकेजले सेतुको काम गरेको कम्पनीको दावी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी