Skip to content
LAXMI SUNRISE BANK

घरेलु तथा साना उद्योग कार्यालय अधिकृतविरुद्ध मुद्धा दायर, सेवाग्राहीसँग ९६ हजार घुस लिएको आरोप !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज बाँकेका उद्योग अधिकृतविरुद्ध मुद्धा दर्ता गरेको छ । अख्तियारले घरेलु तथा साना उद्योग कार्यालयका ७औं तहका उद्योग अधिकृतले ठेक्का पट्टाको अनुमति-पत्र (लाइसेन्स) बनाईदिने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ९६ हजार तीन सय घुस लिइसकेको अवस्थामा बुटवलबाट पक्राउ गरेको जनाएको छ ।
अनुसन्धानको क्रममा घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज, बाँकेका उद्योग अधिकृत हुकुम बहादुर ओलीले भ्रस्टाचार गरेको पुष्टि भएकोले आइतबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दर्ता गरिएको अख्तियारले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK