Skip to content
LAXMI SUNRISE BANK

भेरी अस्पतालको प्रसूति वार्ड सिल, बिरामीलाई कोहलपुर मेडिकल कलेज पठाउने तयारी

अर्थ सरोकार

 नेपालगञ्ज
  • अर्थ सरोकार सम्बाददाता
कोहलपुर । नेपालगञ्जमा कोरोना सङ्क्रमण बढदै गएपछि भेरी अस्पतालको प्रसूति वार्ड सिल गरिएको छ । गर्भवतीमा कोरोना पुष्टि भएपछि प्रसूति वार्ड सिल गरिएको हो । बुधवार भेरी अस्पतालमा डेलिभरीका लागि भर्ना भएकी महिला शल्यक्रियाका बेला एक्कासि ज्वरो आएपछि स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रसूति वार्ड सिल गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए ।
गर्भवतीमा कोरोना देखिएपछि यतिबेला भेरी अस्पतालको प्रसूति वार्ड सिल गरेर बिरामीलाई कोहलपुर मेडिकल कलेज पठाउने तयारी गरिएको र आवतजावत बन्द गरिएको उनले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK