×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार बढ्यो बजार : ७.५९ अंकले बढेको नेप्से १४०३.८६ विन्दुमा, कारोबार १ अर्ब २९ करोडमाथि

LAXMI SUNRISE BANK

सोमबार बढ्यो बजार : ७.५९ अंकले बढेको नेप्से १४०३.८६ विन्दुमा, कारोबार १ अर्ब २९ करोडमाथि

१९ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । आइतबारको तुलनामा बजार ७.५९ अंकले घटेर १४०३.८६ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९० कम्पनीको ५३ लाख ४२ हजार ८५१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोड माथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार प्रभु बैंकको प्रमोटर  सेयरको भएको छ । यस कम्पनीको कुल ३४ करोड २९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाईफ इन्स्योरेन्सको भएको छ ।
यता, सोमबारको कारोबारमा हाइड्रोपावर, फाइनान्स र म्युचुअल फण्ड उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै अजोड इन्स्योरेन्स र आरम्भचौतारी लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै डिव्यश्वोरी हाइड्रोपावर र युनियन हाइड्रोलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी