×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्यूरोड क्षेत्रका पसल दुई दिन बन्द !

LAXMI SUNRISE BANK

न्यूरोड क्षेत्रका पसल दुई दिन बन्द !

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौंको व्यापारिक केन्द्र न्यूरोड क्षेत्रका पसल २ दिन बन्द रहने भएको छ । वडाध्यक्ष चिनीकाजी महर्जनका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेका मापदण्ड पूरा गरेर मात्रै ३ भदौबाट पसलहरू खुल्ला हुने भएको छ ।
खिचापोखरी, गुच्चा टोल, ओटुलगायतका क्षेत्रमा अहिलेसम्म सात जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित देखिएपछि वडा समितिले स्थानीय क्लब र व्यावसायीहरूसँगको सहमतिमा कडाइ गर्ने निर्णय गरेको हो ।
व्यावसायी र सेल्स एजेन्टहरूको र्यान्ड विधिबाट कोभिड-१९ परीक्षणको तयारी भइरहेको वडाध्यक्ष महर्जनले जानकारी दिए । उनी भन्छन्, ‘व्यवसायीहरूमा देखिइसकेको त छैन तर बेलैमा कडाई गर्दा सबैलाई राम्रो हुन्छ भनेर यस्तो निर्णय गरेका हौं ।’
विक्रेता र ग्राहकले मास्क र सेनीटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, पसलमा एउटाभन्दा बढी काउन्टर प्रयोग खोल्न नपाइने र प्रत्येक पसलमा सामाजिक दुरी कायम हुने वातावरण बनाउनु पर्ने महर्जन बताउँछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी