×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संकटका बेला पनि एनआइसी एशियाले बढायो नाफा, कति छ लाभांश दिने क्षमता ?

PRIME CA
GLOBAL IME BANK

संकटका बेला पनि एनआइसी एशियाले बढायो नाफा, कति छ लाभांश दिने क्षमता ?

३० श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा तीन अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले आर्थिक वर्ष २०७५-७६ को सोहि अवधिको तुलनामा १० करोड अर्थात ३.३१ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकको नाफा तीन अर्ब दुई करोड रुपैयाँ थियो । 
वितरण योग्य नाफा भने एक अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । ९ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८२ करोड रुपैयाँ रहेको छ भने एनआईसीले गत आवमा दुई खर्ब एक अर्ब निक्षेप संकलन गरेर एक खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । 
एनआइसी एसिया बैंकको प्रति सेयर आम्दानी ३२.१२ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १७७.३६ रुपैयाँ छ । बैंकको सीडी रेसियो ७०.२९ प्रतिशत, कस्ट अफ फण्ड ५.५६ प्रतिशत छ । त्यस्तै, आधार ब्याजदर ७.७० प्रतिशत रहदा स्प्रेड दर भने ४.३९ प्रतिशत छ । बैंकको खराब कर्जा भने ०.७५ प्रतिशत मात्रै रहेको छ ।
बैंकले २० अर्ब ७२ करोड रुपैयाँ ब्याज आम्दानी गरेर १३ अर्ब ११ करोड रुपैयाँ ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी भने ७ अर्ब ६० करोड रुपैयाँ प्राप्त गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: