
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंकका कर्मचारीमा कोरोना संक्रमण भएको आशंकापछी बन्द भएको एनआइसी एशिया बैंकको अनामनगरस्थित शाखाको सेवा पुन: सुचारु भएको छ । केहि दिनअघि बैंकका कर्मचारीमा कोरोना संक्रमण भएको आशंका भएपछी बैंक बन्द गरिएको थियो । अहिले बैंकका कर्मचारीको परिक्षण रिपोर्ट नेगेटिभ आएपछि बैंकको शाखा पुन: सुचारु भएको छ ।
‘घरभेटी कोरोना संक्रमितको सम्पर्कमा आउनुभएको भन्ने जानकारी पाएपछि हामीले बैंक बन्द गरेका थियौं ।’ बैंकका एचआर विभाग प्रमुख कैलाश गौतमले अर्थ सरोकार डटकमसँग भने,’बैंकका सबै कर्मचारी सुरक्षित छन् भन्ने भएपछी हामीले सेवा सुचारु गरेका छौं ।’
यता बैंकका सुरक्षा गार्डले भने बैंकको मैतीदेवी शाखाका कर्मचारीमा कोरोना संक्रमणको हल्ला सुनेको तर अनामनगर शाखामा भने सबै सुरक्षित रहेको बताएका छन् । यता बैंकका एचआर विभाग प्रमुख गौतमले भने सबै कर्मचारी सुरक्षित रहेको दाबी गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्