×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्राण्डिङमासमेत लापरवाही गर्न थाल्यो एन आइ सी एशियाले, राष्ट्र बैंकको अनुमतिविना मोटो ‘श’ कसरी पातलो ‘स’ बन्यो ?

PRIME CA

ब्राण्डिङमासमेत लापरवाही गर्न थाल्यो एन आइ सी एशियाले, राष्ट्र बैंकको अनुमतिविना मोटो ‘श’ कसरी पातलो ‘स’ बन्यो ?

६ भाद्र २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ / अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कैलालीको धनगढीस्थित हस्पिटललाईन रोडमा रहेको एनआइसी एशिया बैंकको शाखाले आफ्नै नाम गलत लेखेको पाइएको छ । ब्राण्डिङको मामलामा अरुभन्दा १० कदम अगाडी रहेको भनिएको बैंकले यस्तो लापरवाही गरेको पाइएको हो । यसो त यस्तो काम लापरवाहीको नमुनामात्र होइन, नियमविपरित पनि हो । नियम अनुसार बैंकको लोगो र सार्वजनिक स्थानमा राखिने नाम र रंगको कस्तो हुने भन्ने विषयमा नियाम नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ । तर बैंकले आफ्नो नाम नै गलत लेखेर एकातर्फ ब्रान्डीङमा लापरवाही गरेको पाइएको छ भने अर्कोतर्फ नियामकको समेत खिल्ली उडाएको छ ।
यता बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख टेक राज भट्ट भने कुनै हालतमा त्यस्तो हुनै नसक्ने जिकिर गर्छन् । ‘बोर्डहरुसबै केन्द्रबाट नै आउँछन् । त्यसैले यस्तो हुनै सक्दैन। ‘ उनले जिकिर गरेपछि हामीले हामीसँग तस्विर नै रहेको बताउँदा पनि उनले आफ्नो रटान दोहोर्याए, ‘अहँ हुनै सक्दैन त्यस्तो । सबै माथिबाट नै आउँछ बोर्डहरु । त्यसैले नाम नै गलत लेखिएको भन्ने कुरा असम्भव कुरा हो । यो हुनै सक्दैन ।’
यता बैंकका शाखा प्रबन्धक शिवराज पाठकले भने बैंकको नाम गलत लेखिएको स्वीकारेका छन् । ‘मोटो श हुनुपर्नेमा पातलो स भएछ । थाहा पाउने बित्तिकै परिवर्तन गर्न लगाएको छु । यो आजै परिवर्तन हुन्छ ।’ उनले भने । यसअघि एक बिकास बैंकलाई यस्तै प्रकरणमा राष्ट्र बैंकले स्पष्टिकरण सोधेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: