×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशियाका कर्मचारीमा कोरोना पुष्टी, सहकर्मी कर्मचारीलाई क्वारेन्टाइन पठाइयो, प्रादेशिक कार्यालय सिल !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआइसी एशियाका कर्मचारीमा कोरोना पुष्टी, सहकर्मी कर्मचारीलाई क्वारेन्टाइन पठाइयो, प्रादेशिक कार्यालय सिल !

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । एनआइसी एशिया बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको विराटनगरस्थित प्रदेश कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । उनी बैंकका एक इन्चार्जलाई घर पुर्याउन दमक गएका थिए । सोहि क्रममा उनलाई बिर्तामोड शाखाकै कर्मचारी हो भनी नाम तिपाएर परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।   
विराटनगर घर भएका एकजना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टी गरेको छ । बिर्तामोडमा बैंकमा तथा वित्तीय संस्थाका कर्मचारीको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो। 
उनी बैंकको बिराटनगरस्थित प्रदेश कार्यालयमा सवारी चलाकका रुपमा कार्यरत छन् । उनी बैंकको कामको सिलसिलामा बैंकका कर्मचारी बोकेर हिड्ने हुनाले बैंकका अन्य कर्मचारीलाई पनि क्वारेन्टाइन पठाईएको छ।  
हाल संक्रमित अवस्था सामान्य रहेको छ । हाल बैंकको प्रादेशिक कार्यालय सिल गरिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: