×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको ओलीको निर्देशन !

GLOBAL IME BANK

कोरोनाबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको ओलीको निर्देशन !

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको र समग्र देशमा संक्रमितहरुको संख्या दिनहुँ बढिरहेको भन्दै मन्त्रीहरुलाई कोरोना भाइरसबाट जोगिएर काम गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका कारण नेकपा सचिवालय बैठकै रोकिएको थियो । दुवै मन्त्रीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएका कारण आइतबारको क्याबिनेट बैठकमा भने बादल र पोखरेल दुवै उपस्थित थिए । यता अर्थमन्त्री डा. युवराज खतिवडा भने आइतबारको मन्त्रिपरिषद बैठकमा उपस्थित भएनन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: