×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्सले गर्यो ७ प्रतिशत बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

PRIME CA
GLOBAL IME BANK

एनएलजी इन्स्योरेन्सले गर्यो ७ प्रतिशत बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

२५ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीले ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार (श्रावण २३ गते) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७५/०७६को मुनाफाबाट आफनो लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै, कर प्रयोजनका लागि ०.३७ प्रतिशत लाभांश पनि दिने भएको छ।  
कम्पनीले हकप्रद शेयर तथा लिलामी शेयर पश्चात कायम हुने चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रूपैयाँको ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार ५ सय रूपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएकाे कम्पनीले जनाएकाे छ । त्यसैगरी, बीमा समितिबाट अनुमाेदन भएपश्चात मात्र उक्त लाभांश वितरण गरिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: