×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकद्वारा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफा २ अर्ब २७ करोड, जगेडा कोषमा कति ?

PRIME CA

एनएमबि बैंकद्वारा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफा २ अर्ब २७ करोड, जगेडा कोषमा कति ?

३० श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंकले २ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कमाएको हो । जुन गत वर्षको सोहि अवधिको तुलनामा  ०.५९% ले धेरै हो ।गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको थियो । 
यस अवधिसम्म आइपुग्दा बैंकले निक्षेप संकलन ३४.४९% र कर्जा लगानी ३०.७५% ले विस्तार गरेको छ । यस्तै बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वितरण योग्य नाफा पनि ११.९२% ले बढेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब २७ करोड रुपैयाँ रहेको थियो । यो त्रैमससम्म आइपुग्दा बढेर १ अर्ब ४२ करोड पुगेको हो । 
अहिले बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ५ अर्ब ८३ करोड रुपैयाँ जम्मा छ । खुद ब्याज आम्दानी ३०.१९% ले बढेको छ भने सञ्चालन नाफा २५.०५% ले घटेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७३ पैसामा खुम्चिएको छ भने प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: