- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एनएमबि बैंक लिमिटेड र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले भाद्र ७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एनएमबि बैंकको नामबाट एकीकृत कारोबार गर्न लागेको हो ।
दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले श्रावण २५ र कम्पनी रजिष्ट्रार कार्यालयले श्रावण २८ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।
दुवै बैंककाे असार २१ गते आइतबार सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए । त्यसैगरी, एकीकृत कारोबार गर्ने प्रयाेजनका लागि भाद्र ५ गते शुक्रबार र ६ गते शनिबार बैंकका एटिएम तथा डिजीटल माध्यमबाट हुने काराेबारहरू केही अवरूद्द हुने पनि बैंकले जनाएकाे छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्