×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई भन्यो – ‘कोरोनाका कारण बन्द भएका उद्योगको बीमा शुल्कमा छुट दिनू’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बीमा समितिले लकडाउनको अवधिमा बन्द भएका उद्योगको बीमा शुल्कमा छुट दिन निर्देशन दिएको छ । समितिले सोमबार निर्जीवन बीमा कम्पनीलाई  एक सर्कूलरमार्फत उक्त निर्देशन दिएको हो । समितिले ‘सम्पत्ति बीमा निर्देशिका २०७५’अनुसार बन्द अवस्थाका कलकारखानाको बीमा दरलाई छुट दिन निर्देशन दिएको हो । 
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीबन बीमा कम्पनीलाई उक्त छुट दिन निर्देशन दिइएको हो । समितिले लकडाउनका कारण बन्द अवस्थाको जोखिम समूहको बिमा दर ५०% समानुपातिक रुपले छुट प्रदान गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ । समितिले चालु आवको बजेटमा भएको व्यवस्था पनि कार्यान्वयन गर्न आग्रह गरेको छ । समितिले त्यस्तो छुट ८३ दिनको लागि कायम हुने स्पष्ट पारेको छ । अहिले बन्द अवस्थामा रहेका कारखानाको बिमा दर प्रतिहजार ३ रुपैयाँ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: