×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भन्यो – ‘आईपिओ भर्नेहरुको भीडलाई व्यवस्थापन गर्नू’

PRIME CA
GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भन्यो – ‘आईपिओ भर्नेहरुको भीडलाई व्यवस्थापन गर्नू’

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भीड व्यवस्थापन गर्न निर्देशन दिएको छ । आईपीओ खुलेका कारण लगानीकर्ता आवेदन भर्नका लागि बैंकमै पुगेपछि भीड़ बढेको हो । निषेधाज्ञाका कारण यतिबेला सिमित शाखामा मात्रै खुलेका छन् जसकारण बैंकमा लगानीकर्ताको अत्याधिक भिड बढेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।
बैंकले काठमाडौं उपत्यकाका  तीन जिल्लामा ४ वटामात्रै शाखा खोल्दा अत्याधिक भिड देखिएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देबकुमार ढकालले बताए । ढकालले उक्त भीड व्यवस्थापनका लागि थप केही शाखाहरु सञ्चालनमा ल्याउन पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको पनि बताए । 
लिबर्टी इनर्जी आईपीओ भर्ने म्याद आइतबार सकिएको छ भने रिलाइन्स लाइफ र समाज लघुवित्तको आज सोमबार अन्तिम दिन हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: