×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले भन्यो : ‘फेरी जोखिम बढ्यो, बैंकका शाखा आलोपालो खोल्नू’ (सूचनासहित)

अर्थ सरोकार

प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार

PRIME CA

राष्ट्र बैंकले भन्यो : ‘फेरी जोखिम बढ्यो, बैंकका शाखा आलोपालो खोल्नू’ (सूचनासहित)

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददता 
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पुन: आलोपालो प्रणालीमा सेवा दिन निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले पछिल्लो समय कोरोना भाइरसको जोखिम बढेको र सरकारलेसमेत सवारीसाधनमा जोर-बिजोर प्रणाली गरेको कुरालाई मध्येनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरू पुन: आलोपालो प्रणालीमा सेवा दिन भनेको हो । 
यस्तै जोखिमलाई मध्यनजर गर्दै ‘वर्क फ्रम होम’ नीति अवलम्बन गर्न पनि बैंक तथा वित्तीय संस्थाहरुलाई सूचनामार्फत भनिएको छ । प्रदेशमा रहेका शाखा कार्यालयहरूलाई भने प्रदेशको स्थानीय तह र स्थानीय प्रशासनको निर्णयअनुसार संचालन गर्न निर्देशन जारी भएको छ । आलोपालो खोलिएका शाखामा थोरै मात्र कर्मचारीलाई बोलाई काम गर्न राष्ट्र बैंकले भनेको छ । 
हेर्नुहोस् राष्ट्र बैंकको सूचना :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: