
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले हकप्रद निष्काशनमा कडाई गरेको छ । राष्ट्र बैंकले हकप्रद निष्काशन गर्न नपाउने नीति अख्तियारी गर्दै यस्तो कडाई गर्न थालेको हो ।
राष्ट्र बैंकले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक को हकप्रद निष्काशन गर्ने प्रस्ताव अस्वीकृत गरेको छ । यसअघिका प्रस्तावहरु अस्वीकृत गर्ने पक्षमा राष्ट्र बैंक छ । शाइन रेसुङ्गाको वार्षिक साधारण सभाले चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेर राष्ट्र बैंकमा निवदेन दिएको थियो । तर राष्ट्र बैंकले शाइन रेसुङ्गाको प्रस्ताव अस्वीकृत गरेको छ ।
बैंकले आव २०७५.७६ को नाफाबाट चुक्ता पूँजी २ अर्ब ६२ करोड २९ लाख ४ हजार १२३ रुपैयाँको १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । त्यसपछी बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६३ लाख ३९ हजार ७४२ रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्