×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआरएन इन्फ्राइस्टक्चरको आईपीओ बाँडफाँड, ३ लाख २० हजार जनाले पाए १० कित्ता शेयर, बाँकीको हात खाली !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआरएन इन्फ्राइस्टक्चर एण्ड डेभलपमेन्टले ३३ लाख ९८ हजार ४६ कित्ता सेयर आईपीओ मंगलबार(साउन २७ गते) बिहान बाँडफाँड भएको छ । सानिमा क्यापिटलले अर्थ सरोकार डटकमलाई दिएको जानकारीअनुसार कुल ४ लाख १८ हजार ९ सय १८ जना आवेदन परेकोमा २ हजार ९ सय ६० जनाको आबेदन रद्द भएका छन् । 
कम्पनीको आइपीओ गोलाप्रथा प्रणालीबाट बाँडफाँट भएको हो । जसमा ३ लाख २० हजार ६ सय १४ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी ९७ हजार ३ सय ४४ जनाको खाली भएको छ ।
कम्पनीले ३३ लाख ९८ हजार ४६ कित्ता आइपिओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको थियो । र, बाँकी रहेको ३१ लाख ६० हजार १ सय ८३ कित्ता सर्वसाधारणलाई छुटाएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: