×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआरएन इन्फ्रास्टक्चरको आइपिओका लागि मागभन्दा १.६६ गुणा बढी आवेदन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआरएन इन्फ्रास्टक्चरको आइपिओका लागि मागभन्दा १.६६ गुणा बढी आवेदन

Artha Sarokar

१८ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आइपिओ शुक्रबारदेखि बिक्रि खुल्ला भएको छ । कम्पनीको आइतबार बिहान १०:०० बजेसम्ममा मागभन्दा १.६६ गुणा बढी आवेदन परेकाे छ ।
कम्पनीले बिहान १० बजेसम्ममा १ लाख ३० हजार ३ सय १ जना आवेदकले ५२ लाख ६८ हजार ४ सय २० कित्ताको लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटलले जानकारी दिएकाे छ । सर्वसाधारणको लागि जम्मा ३१ लाख ६० हजार १८३ कित्ता शेयर निष्कासन गरिएकाे थियाे ।
कम्पनीले हिजाे (शुक्रबार) देखि प्रति कित्ता एक सय रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५%अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि आजदेखि निष्कासन गरेकाे हो । 
उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गरेकाे छ । त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी