×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

कोरोना कहरका बेला किस्ता उठाउन आएको भन्दै लघुवित्तका कर्मचारीलाई विप्लवका कार्यकर्ताले लखेटे, पैसा फिर्ता गराए !

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
अछाम । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी अछामले एनआरएन लघुवित्तका कर्मचारीहरुलाई किस्ता उठाउनबाट रोक लगाएका छन् । जिल्लाको मंगलसेन नगरपालिका वडान. १४ कालागाउमा आफ्ना ग्राहकहरुबाट व्याज र किस्ता उठाईरहेका बेला विप्लवका कार्यकर्ताहरुले लघुवित्तका कर्मचारीहरुलाई पैसा उठाउन नदिएर चेतावनीसहित लखेटेका हुन् । 
विप्लवका कार्यकर्ताले भने यसलाई ‘जनकारवाही’ गरेको भनेका छन् । कोरोना कहरका बीच पनि जनतालाई अफ्ट्यारो परेका बेला महँगो ब्याज उठाएको भन्दै आफुले संस्थालाई कारवाही गरेको उक्त पार्टीका अछाम इन्चार्ज नवीनले बताएका छन्। १८% देखि २०%सम्म व्याज असुल्ने, विभिन्न सेवा शुल्क को नाममा जनता लुट्ने वित्तीय संस्थालाई अझै सच्चिन चेतावनीसमेत दिइएको छ। 
केहि समय अगाडी विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा विप्लव कार्यकर्ताहरुको आतंक बढेको छ । केहि समय अगाडीमात्र सल्यानस्थित मुक्तिनाथ बिकास बैंकमा समेत विप्लवका कार्यकर्ताहरुले बम राखेका थिए भने त्यसको ठिक केहि समय अगाडी केहि लघुवित्तका पैसा खोसेर सेवाग्राहीलाई नै बुझाउने कामसमेत भएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal