
- अर्थ सरोकार सम्बाददाता
नुवाकोट । कोरोना संक्रमण रोक्न नुवाकोटका ६ पालिकामा निषेधाज्ञा थप गरिएको छ । ती पालिकामा ७ दिनका लागि निषेधाज्ञा थपिएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार साँझ बसेको बैठकले बेलकोटगढी नगरपालिकाका वडा नम्बर ५, ७, ८, १२ र १३, लिखु गाउँपालिकाको ४ देखि ६ वडा, तादीका ३ र ५, शिवपुरीका ६ देखि ८, ककनी गाउँपालिकाका १, २, ४ र ६ तथा तारकेश्वर गाउँपालिकाका वडा नं २, ४ र ५ मा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।
ती क्षेत्रमा मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । नुवाकोट सदरमुकाम विदुरमा समय तोकेर आंशिक खुला गरिएको छ । जिल्लामा अहिलेसम्म ७८ जना संक्रमित छन् । तीमध्ये ६६ जना निको भई घर फर्केका छन् । १२ जना आइसोलेसनमा उपचारत छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्