×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल आयल निगममा कोरोना जोखिमको न्यूनीकरण, कर्मचारीले सात-सात दिनको रोटेसनमा काममा जानुपर्ने

LAXMI SUNRISE BANK

नेपाल आयल निगममा कोरोना जोखिमको न्यूनीकरण, कर्मचारीले सात-सात दिनको रोटेसनमा काममा जानुपर्ने

२७ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल आयल निगमका कर्मचारी सात-सात दिनको रोटेसनमा काममा जानुपर्ने भएको छ । निगमका सबै कार्यालय तथा डिपोले सोहीअनुसारको ड्युटी रोस्टर बनाइ काम गर्ने भएका हुन् । देशमा कोभिड-१९ संक्रमण बढेको अवस्थामा निगमले सम्भावित जोखिम कम गर्न विभाग, कार्यालय तथा डिपोले कमभन्दा कम कर्मचारीमार्फत काम गर्नेगरी ड्युटी रोस्टर बनाउने भएका हुन् । 
कोरोनाबाट बच्‍न निगमको सेवा निरन्तर सञ्चालन गर्न भन्दै निगम व्यवस्थापनबाट यस्तो निर्णय गरेको हो । निगमको योजना, प्रशासन तथा मानव संसाधन विकास विभागले जारी गरेको परिपत्रमा सात दिन कार्यालय आउने र सात दिन नआउने व्यवस्था गर्न उल्लेख गरेको छ । अत्यावश्यक वस्तु पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा ग्यासको आपूर्ति हेर्ने निगम यो परिवेशमा कर्तव्यविमुख हुन नहुने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । जसकारण रोटेसनका आधारमा ड्युटी रोस्टर बनाइएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी