×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओलम्पिक खेलाडीलाई अभ्यासको खाँचो, कमिटीलेसमेत कुनै पहल नगरिदिएकोप्रति गुनासो ! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

ओलम्पिक खेलाडीलाई अभ्यासको खाँचो, कमिटीलेसमेत कुनै पहल नगरिदिएकोप्रति गुनासो ! (भिडियो रिपोर्ट)

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौं । महाकुम्भ मेला ओलम्पिकमा सहभागि जनाउँदै पदक हाँसिल गर्ने लक्ष्य प्राय खेलाडीले बुनेका हुन्छन । नेपाली खेलाडी पनि त्यो लक्ष्यलाई पूरा गर्न दिनरात मिहेनत गरिरहेकै छन् । कोरोनाका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिकका लागि नेपाली खेलाडी अभ्यास गर्न नपाउँदा सहभागिता खल्लो हुनेमा चिन्तित छन् ।
ओलम्पिक सहभागिता जनाउनु नेपाली खेलाडीका लागि एउटा ठूलो उपलब्धिको सूचकको रुपमा लिइन्छ । छनोट चरण पार गर्दै नेपाली खेलाडीले सहभागिता जनाए नेपाली खेलकै शानको रुपमा व्याख्या पनि गरिन्छ । त्यसो त अहिलेसम्म छनोट पार गरेर ओलम्पिकमा तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले मात्र राष्ट्रको प्रतिनिधित्व गरेका छन् । उनीहरुको अब्बल मिहेनत र लगाबले उनीहरुको ओलम्पिक बाटो खुलेको थियो । तर अहिले नेपाली खेलाडीको ओलम्पिक सहभागितालाई कोरोना तगारो बनेको छ, अभ्यासमा जुट्न नपाउँदा । नेपाली खेलाडीलाई ओलम्पिक सहभागिताको खुडकिलो छनोट चरण पार गर्न निकै कठिन छ । छनोटमा असफल भए पनि छनोट प्रतियोगितामा गरिएको प्रदर्शन र प्राप्त नतिजाका आधारमा ओलम्पिक सहभागिताको मौका दिने माध्यम वाइल्ड कार्ड मौकालाई सदुपयोग गर्न कहरकाबीचमा पनि अभ्यास दिनुपर्ने खेलविज्ञ सुशीलनरसिंह राणाले बताउनुभयो । 
वाइल्डकार्ड अवसर सदुपयोग गर्न पनि खेलाडीलाई राम्रो प्रदर्शन र नतिजा आवश्यक पर्छ । त्यसकालागि पनि अभ्यास र प्रदर्शन निकै जरुरी हुन्छ । वाइल्ड कार्डबाट भए पनि ओलम्पिकमा सहभागिता जनाउने लक्ष्य लिएकी करातेकी अनु अधिकारीले तीब्र गतिमा फैलिएको कोरोनाले अभ्यास गर्न कठिनाई भएको अनुभव सुनाइन । 
नेपाली खेलाडीलाई प्रत्यक्ष रुपमा नियाल्ने नेपाल ओम्पिक कमिटीले सहभागि हुने खेलाडीका लागि अहिलेसम्म विकल्प कुनै बाटो दिएको छैन । नेपाल बाहेक दक्षिण एसियाका केही देशमा ओलम्पिकमा सहभागिता जनाउने खेलाडीलाई सरकारले नै निश्चित मापदन्ड बनाएर अभ्यासलाई तीब्रता दिइरहेको छ । तर ओलम्पिकमा सहभागि हुने खेलाडीको खेल निखार्नका लागि नेपाल ओलम्पिक कमिटीले कुनै चासो देखाएको छैन् । सहज अवस्थाको पर्खाइमा छ ओलम्पिक कमिटी । कठिन अवस्थामा सम्बिन्धित संस्थाले अभिभावकत्व गर्न नसक्दा ओलम्पिक कमिटीमाथि औचित्यको प्रश्न उठ्नु पनि स्वभाविक हो । नेपालबाट ७ खेलका १२ खेलाडीको नाम वाइल्डकार्डका लागि सिफारिस गरिएको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: