×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य र पारिवारिक कारण देखाउँदै सेबोनका कार्यकारी निर्देशक पौडेलले दिए राजीनामा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

स्वास्थ्य र पारिवारिक कारण देखाउँदै सेबोनका कार्यकारी निर्देशक पौडेलले दिए राजीनामा

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक परिष्ट नाथ पौडेलले राजीनामा दिएका छन् । स्वास्थ्य  र पारिवारिक समस्याको कारण देखाउँदै पौडेलले गत साउन ३० गतेबाट लागु हुनेगरी राजीनामा दिएका हुन् । 
भदौ १ गतेदेखि विदामा रहेका पौडेलको राजीनामा असोज १ गतेबाट लागू हुने गरी स्वीकृत हुने बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताए । पौडेलले सेवा अवधिको २५ वर्ष नपुग्दै राजीनामा दिनुलाई धेरैले विभिन्न कारणहरु देखाएपनि नितान्त व्यक्तिगत कारणबाट राजीनामा दिएको बताएका छन् । 
विसं २०५३ साल साउन ४ गतेदेखि सेवामा प्रवेश गरेका उनले बोर्डमा कार्यकारी निर्देशक भएर पाँच वर्ष कार्य सम्पादन गरिसकेका छन् । बोर्डको कार्यकारी निर्देशकको पदभार भने उनले विसं विसं २०७२ साल साउनदेखि सम्हाल्दै आएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: