×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रसूति गृहका तीन जना चिकित्सकसहित ८ जनालाई कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

प्रसूति गृहका तीन जना चिकित्सकसहित ८ जनालाई कोरोना संक्रमण पुष्टी !

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका ८ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको छ । प्रसूति गृहका तीन जना आवासीय चिकित्सकसहित ८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । बाँकी संक्रमितहरूमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड एक/एक जना र अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेको बताइएको छ । 
संक्रमितमध्ये दुई जना टेकु अस्पतालको आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा  रहेका छन् । आज पनि १६ जनाको परीक्षण गर्ने अस्पतालले तयारी गरेको छ । स्वास्थ्यकर्मीलाई संक्रमण देखिए पनि अस्पतालका सेवा प्रभावित भएका छैनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: