×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सामा एकैसाथ थप २२ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ हजार नाघ्यो !

PRIME CA
GLOBAL IME BANK

पर्सामा एकैसाथ थप २२ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ हजार नाघ्यो !

२६ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । पर्सामा थप २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  ६ जना महिलासहित थप २२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जससँगै पर्सामा कोरोना संक्रमितको कुल संख्या १ हजार ५० पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ पुरुषमा कोरोना संक्रमण भएको छ भने वीरगञ्जको नारायणी अस्पतालको मेडिकल वार्डमा कार्यरत २० वर्षीया युवतीमासमेत कोरोना देखिएको छ । यस्तै मगनुस फर्मामा कार्यरत २ वर्षीय पुरुष र १ वर्षीया महिला छन् ।
पर्साको पोखरिया नगरपालिका-१ का १ पुरुष, पोखरिया अस्पतालमा कार्यरत १ चिकित्सक र २३ वर्षीय पुरुष तथा २२ वर्षीया महिला स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ । यस्तै वीरगञ्ज ओम आश्रम श्रीपुरका १ वर्षीय युवक र ज्वरो आएर पीसीआर गराएका वीरगञ्ज-२ छपकैयाका १ पुरुषमा कोरोना पुष्टि भएको छ । वीरगञ्ज रेल्वेरोड बस्ने १ पुरुष, वीरगञ्ज-११ श्रीपुरका २ पुरुष तथा १ महिलामा कोरोना देखिएको छ । वीरगञ्ज-१२ का२ पुरुष र महिला तथा वीरगञ्ज-१६ नगवाका १ पुरुषमा पनि संक्रमण पुष्टी भएको  छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: