×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सामा ४३ थुनुवासहित थप १४२ जनामा कोरोना संक्रमण पुष्टी

LAXMI SUNRISE BANK

पर्सामा ४३ थुनुवासहित थप १४२ जनामा कोरोना संक्रमण पुष्टी

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 पर्सा
  • अर्थ सरोकार सम्बाददाता 
पर्सा । पर्सामा ४३ थुनुवासहित थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा ४३ जना जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवा हुन् ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार थपिएका संक्रमितमा २२ जना महिला छन् । संक्रमितमध्ये तीन जना बारा र चार जना रौतहटका छन् । २९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका संक्रमित छन् । आर्मी ब्यारेकका थप पाँच जनामा कोरोना पुष्टि भएको छ ।
बिहीबार पत्ता लागेका संक्रमितमध्ये २८ जना वीरगन्ज महानगरपालिका–२८ सिर्सिया, खल्वा टोलाका हुन् । यस्तै वीरगञ्ज–१० अशोकवाटिकामा १० जना र आदर्शनगरमा थप ३ जनामा संक्रमण देखिएको छ । १० संक्रमित वीरगन्जको श्रीपुर र मर्लीका बासिन्दा हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी