×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सामा ठुलो संख्या संक्रमित थपिए, यस्तो छ संक्रमितको विवरण !

PRIME CA
GLOBAL IME BANK

पर्सामा ठुलो संख्या संक्रमित थपिए, यस्तो छ संक्रमितको विवरण !

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
पर्सा । पर्सामा एकैदिन थप  १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशाला र काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पर्साका थप १ सय ५३ जनामा संक्रमण पुष्टी भएको हो । 
जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले पनि पर्साका थप १ सय ५३ जनामा संक्रमण पुष्टी भएको बताए । बयोधा अस्पतालका मात्रै ३० जना संक्रमित भएका छन् । पर्सा जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय ७४ पुगेको छ । साउन यता मात्रै पर्सामा १ हजार ३ सय १७ जनामा संक्रमण पुष्टी भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: