×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

PRIME CA
GLOBAL IME BANK

पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

१९ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 पर्सा
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पर्सामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । संक्रमितहरु १० वर्षदेखि ६७ वर्ष उमेर समूहका छन् । संक्रमित हुनेमा प्रहरीका दुई जना, सेनाका एक जना, पत्रकार एक जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका पाँच जना, बारा जिल्लाका पाँच जना र भारतीय नागरिक एक जना छन् । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: