×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्जमा ९ थुनुवासहित ५७ जनामा देखियो कोरोना, पर्साभरी २ हजार बढी संक्रमित

PRIME CA

वीरगञ्जमा ९ थुनुवासहित ५७ जनामा देखियो कोरोना, पर्साभरी २ हजार बढी संक्रमित

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

वीरगञ्ज । वीरगञ्जमा ९ थुनुवासहित ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना थुनुवासहित ५७ जनामा संक्रमण पुष्टी भएको हो ।
पर्साका ४२, बाराका १२, रौतहटका २ र सर्लाहीका एक जनामा संक्रमण देखिएको वीरगञ्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए । पर्सामा मात्र कोरोना संक्रमितको संख्या २ हजार ६४ पुगेको छ । जसमा एक हजार ५ सय ९४ पुरूष र ४ सय ६० महिला छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: