×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सा र बारामा थप ११७ जनामा कोरोना संक्रमण पुष्टी

GLOBAL IME BANK

पर्सा र बारामा थप ११७ जनामा कोरोना संक्रमण पुष्टी

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । पर्सा र बारामा एकै दिन ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टी हुनेमा ३५ जना महिला र बाँकी पुरुष रहेका छन् । संक्रमितमध्ये पर्साको बहुदरमाई नगरपालिकाका मात्रै ९० जना रहेका छन् । पर्साकै वीरगञ्जका ६ जना, जिराभवानी गाउँपालिकाका ४ जनाजना र एकजना छिपरमाई गाउँपालिकाका रहेका छन् ।
यस्तै बयोधा अस्पतालका ६ जना, नेपाली सेनाका ४ जना, बाराका ४ जना, भारतीय महावाणिज्य दूतावास र सप्तरीका एक/एकजना रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: