
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । पर्सामा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।
मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्