×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सामा स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पर्सामा स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टी

Artha Sarokar

२६ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वीरगन्ज
  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । पर्सामा स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा  २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टी हुनेमा १८ वर्षका देखि ५० वर्ष सम्मका १६ जना पुरूष र ६ जना महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिए ।  
सोमबार बिहान संक्रमण हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ जना नेपाल प्रहरी रहेका छन् । त्यसैगरी, पोखरीया नगरपालिकाका २५ वर्षीय डाक्टर पनि रहेको मेसु उपाध्यायले बताए ।
वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका १८ वर्ष देखि ५० वर्षका सम्मका ९ जना, मेग्नस फर्माका ३६ र ४० वर्षका २ जना पुरुष र ४८ वर्षीय १ जना महिला कर्मचारी रहेकी छिन् । बारा जिल्ला घर भइ नारायणी अस्पतालमा मेडिकल वार्डमा कार्यरत २० वर्षीय महिला स्वास्थ्यकर्मी पनि संक्रमित भएकी छिन् ।
पर्सा जिल्ला पोखरिया नगरपालिकाका वडा नम्बर ७ का २६ बर्षका १ जना पुरुष, र पोखरिया अस्पतालका २ जना स्वास्थ्यकर्मी रहेका छन्  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी