×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्यको समन्वयमा उपत्यकाका २ सय जना पत्रकारहरुको कोरोना परीक्षणका लागि स्वाव संकलन ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

स्वास्थ्यको समन्वयमा उपत्यकाका २ सय जना पत्रकारहरुको कोरोना परीक्षणका लागि स्वाव संकलन ! (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको आज कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको आज पीसीआर परीक्षणका लाग स्वाव संकलन गरिएको हो । विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई कोरोना संक्रमण देखिन थालेपछि आज उपत्यकामा करिब २ सय जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको हो । देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीहरुमा पनि संक्रमण पोजेटिभ देखिन थालेपछि मन्त्रालयले उपत्यकामा परीक्षणका लागि आज समन्वय गरेको हो । देशभरी पछिल्लो समय संक्रमणको दर बढिरहेको छ । 
पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँग सञ्चारकर्मीहरु पनि जोखिममा रहेपछि उपत्यकामा २ सय जनाको परीक्षण गरिएको बताइएको छ । उपत्यकालगायत देशका विभिन्न ठाउँमा पछिल्लो समय कोरोना संक्रमण बढ्दो दरमा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार देशभरी कोरोनाबाट १ सय ८३ जनाको मृत्यु भएको छ । ३५ हजार ५ सय २९ जना संक्रमित रहेकोमा २० हजार ७३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन । अझै १५ हजार २ सय ७३ सक्रिय संक्रमित उपचाररत रहेका छन । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: