
- अर्थ सरोकार सम्वाददाता
बैतडी । सुदूरपश्चिममा कोरोना परिक्षण प्रयोगशाला स्थापनाका लागि जिल्ला अस्पताल बैतडीमा पिसिआर मेसिन पुर्याइएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि परिक्षणको दायरा बढाउनका लागि सुदूरपश्चिम प्रदेश सरकारको लगानिमा पिसीआर मेसिन जिल्ला अस्पताल बैतडी पुर्याइएको हो ।
कोरोना महामारीलाई मध्यनजर गर्दै प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीमा पीसीआर ल्याब स्थापना गर्ने निर्णय गरेअनुसार पीसीआर मेसिन पुगेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालमा मेसिन पुगेको भएतापनि स्थापना गर्न केही समय लाग्छ ।’
प्रयोगशाला स्थापनाका लागि भौतिक पूर्वाधार निर्माणको काम जारी रहेकाले भदौ पहिलो सातासम्म मेसिन जडान कार्य सम्पन्न गरेर भदौ दोस्रो साताबाट प्रयोगशालाबाट कोरोना परीक्षण सुरू गर्ने लक्ष्य रहेको डा.जोशीले बताउनुभयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्