×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : यातायात सेवा अवरुद्ध भएपछि खच्चडमार्फत ढुवानी, बाढीले पुल भकिंदा आवतजावतमा समस्या

PRIME CA

देश बोल्ने फोटो कथा : यातायात सेवा अवरुद्ध भएपछि खच्चडमार्फत ढुवानी, बाढीले पुल भकिंदा आवतजावतमा समस्या

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले यातायात सेवा अवरुद्ध भएपछि खच्चडमार्फत ढुवानीदेखि बाढीले पुल भत्किदा आवतजावतमा समस्यासम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
जाजरकोट कुशे गाउँपालिकाबाट सदरमुकाममा बिक्रीका लागि ल्याइँदै गरेको आलु । कच्ची सडक र वर्षातका कारण यातायात सेवा अवरुद्ध भएपछि खच्चडमार्फत ढुवानी गरेको हो । 
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली खण्ड मङ्गलबार सुनसान अवस्थामा । कोभिड–१९ को जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ ७ गतेसम्म व्यास नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । 
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई मङ्गलबार एक थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्दै चौधरी ग्रुप अन्तर्गतको सामाजिक संस्था चौधरी फाउण्डेशनका प्रबन्धक रामजी कटवाल ।
बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा जङ्गली जनावरले मकैलगायत अन्य बाली नष्ट गर्न थालेपछि बारीमै बसेर जनावर धपाउन बनाइएको झुप्रो । यहाँका अधिकांश क्षेत्रमा जङ्गली जनावरले अन्नबाली नष्ट गर्ने गरेको छ ।
दाङको घोराही–तुलसीपुर सडक चारलेन बनाउन रूख काटिँदै । पछिल्लो समय चारलेन बनाउने कार्यले तिब्रता पाएको छ । 
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरनामा आएको बाढीले बगाएको निर्माणाधीन पुल ।
बर्दियाको राजापुर नगरपालिका–४ तिघ्रामा कर्णाली नदीले तटबन्ध भत्काएपछि स्थानीयवासीद्वारा अस्थायी बाँध निर्माण ।
कैलालीको भजनीमा गत साउन १४ गते आएको बाढीले रेप्टीकुलामा भत्काएको काठेपुल । पुल मर्मत नहुँदा नागरिकलाई आवतजावतमा समस्या भएको छ ।
तनहुँको व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठलाई विदेशबाट सङ्कलन भएको दुई लाख ५० हजार २०० रुपैयाँ सोमबार हस्तान्तरण गर्दै म्याग्दे दमौली सम्पर्क समाजका संयोजक भाग्यशाली ढुङ्गाना । समाजले मिर्गौला पीडितको उपचारका लागि देश तथा विदेशमा रकम सङ्कलन अभियान शुरु गरेको छ ।
काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो नजिकै टाटामोबाइलमा बिक्री गर्न लैजान किसानले लोड गरेको हरियो मकैको घोगा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: