×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : धनगढीको यातायात कार्यालयमा उदेक लाग्दो भिड, पहिरो झरेपछि जोखिममा परे तनहुँबासीका घर…!

PRIME CA

देश बोल्ने फोटो कथा : धनगढीको यातायात कार्यालयमा उदेक लाग्दो भिड, पहिरो झरेपछि जोखिममा परे तनहुँबासीका घर…!

अर्थ सरोकार

प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ?  यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले धनगढीको यातायात व्यवस्था कार्यालयमा उदेक लाग्दो भिडदेखि तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित पृथ्वीराजमार्ग नजिकैअविरल वर्षाका कारण पहिरो झरेपछि जोखिममा परेको घरसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
विभिन्न कामका लागि यातायात व्यवस्था कार्यालय धनगढीमा आइतबार लामबद्ध भएर बसेका सेवाग्राही । कोरोनाको  सङ्क्रमण बढिरहेको अवस्थामा पनि सेवाग्राहीले भौतिक दूरी कायम गरेको भने देखिदैन ।
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित पृथ्वीराजमार्ग नजिकैअविरल वर्षाका कारण पहिरो झरेपछि जोखिममा परेको घर ।  
बडिमालिका नगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायत सरकारी कार्यालय नजिकै मालिका मन्दिर जाने बाटाका छेउमा रहेको सदरमुकाम मार्तडी बजारको जोखिमपूर्ण घरमा घरधनी ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत ट्राफिक प्रहरीलाई शनिबार साँझ कोरोना भाईरसको संक्रमण देखिए पछि सिल गरिएको कार्यालय । कार्यालयका सबै कर्मचारीको स्वाब परिक्षणका लागि आईतबार नमुना संकलनको काम गरिएको छ ।
तनहुँको बन्दिपुर गाउँपालिका–५ स्थित नयाँपुल नजिक पहिरोका कारण खतरा अवस्थामा रहेको विद्युत पोल । केहिदिनअघि परेको अविरल बर्षापछि गएको पहिरोले उक्त पोल खतरा अवस्थामा रहेको हो । 
पाल्पाको रामपुर नगरपालिका वडा नं ५ स्थित मटेरी बस्ने केरा व्यावसायी बालकृष्ण गौतमले गबारो रोग लागेको केरा देखाउँदै । यो वर्ष गबारो रोगले सताएपछि उत्पादन कम भएको छ ।
अम्रिसो खेतीले परिचित निस्दी गाउँपालिका–३ झिरुवासमा पर्ने पर्यटकीय काउलेडाँडा वन । अम्रिसो खेती थालनी गरेर कबुलियती वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालिएपछि यो क्षेत्र पर्यटकको गन्तव्यस्थल बनेको छ । 
कपिलवस्तुको शिवराज नगरपालिका–११ थुन्हियाका किसान धान खेतमा रासायनिक मल छर्दै । लामो समयसम्म बन्दाबन्दीका कारण पर्याप्त मल नपाउँदा किसान चिन्तित छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं १ छाँगे टोलका किसानले गरेको धान खेती । 
मौसम खुलेसँगै बागलुङ नगरपालिका–३ रातामाटाबाट देखिएको सदरमुकाम बागलुङ बजार ।
जिल्लाको बागलुङ नगरपालिका–६ र ७ को सिमानामा रहेको बैरेनी पाखोमा गौतम बुद्धको आकृति देखिने ढुङ्गाको पहाड । यस पहाडलाई प्रचारप्रसार गर्नका लागि बुद्ध हिल नामकरण गरिएको छ ।  
सामुदायिक वन दिवसको उपलक्ष्यमा आइतबार पोखरा– २६ गुँदेतालको शिरमा अवस्थित अमरज्योति सामुदायिक वन समूहमा आयोजित वृक्षरोपण कार्यक्रममा बिरुवा रोप्दै सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य सरिता कुमाल ।
बैतडीको पाटन बजारस्थित सडकमै राखिएका निर्माण सामग्री । सडकमै निर्माण सामग्री राख्दा दुर्घटनाको जोखिम बढेको छ ।
घोराही–तुलसीपुर सडक चारलेन विस्तारकालागि सडकबीचमा पर्ने रुख कटान गरिंदै । पछिल्लो समय चारलेन सडक विस्तारको कामलाई तिब्रता दिइएको छ । 
सेती नदीको कटानका कारण जोखिममा परेका डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल पुल बजारका  घर । वर्षेनी सेतीमा आउने बाढीको कटानले उक्त बजारका घर जोखिममा पर्दै गइरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: