×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : कैलालीमा बाढीबाट विस्थापित परिवार बिचल्लीमा, कोरोनाले सुनसान बन्यो धरानको भानुचोक !

PRIME CA

देश बोल्ने फोटो कथा : कैलालीमा बाढीबाट विस्थापित परिवार बिचल्लीमा, कोरोनाले सुनसान बन्यो धरानको भानुचोक !

२८ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले कैलालीको भजनी नगरपालिका– ८ सोनाफाटामा बाढीबाट विस्थापित परिवारदेखि कोरोनाको सङ्क्रमण बढेपछि गत साउन २२ देखि २८ गतेसम्म लागू भएको बन्दाबन्दीका कारण सुनसान देखिएको धरानको भानुचोकसम्मका  दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
कैलालीको भजनी नगरपालिका– ८ सोनाफाटाका बाढी प्रभावित । बाढीबाट विस्थापित  परिवार यही भत्किएको सडक आसपासमा बसिरहेका छन् । 
कोरोनाको सङ्क्रमण बढेपछि गत साउन २२ देखि २८ गतेसम्म लागू भएको बन्दाबन्दीका कारण सुनसान देखिएको धरानको भानुचोक ।
श्रीकृष्णजन्माष्टमीका अवसरमा पूजाका लागि सजिएका थारु महिला । हिन्दू अनुयायी ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म भाद्रकृष्ण अष्टमीका मध्यरातमा भएको विश्वास गर्छन् ।
श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा मङ्गलबार  ललितपुरको पाटन दरबार क्षेत्रमा कृष्ण बनाएर ल्याइएको बालक ।
 काँहु डाँडाबाट देखिएको पोखरा । 
पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर आधारभूत विद्यालयले शुरु गरेको सूर्यमुखी फूल खेती । विद्यालय नजीकै रहेको राधा दामोदर मन्दिरको करीब तीन रोपनी जग्गामा परीक्षणकारुपमा सूर्यमुखी फूल लगाइएको छ ।
पाल्पा रामपुर नगरपालिका वडा नं १० हेक्लाङ्गका कृषक शिवप्रसाद भण्डारीको भैंसीपालन व्यावसाय । डेढ वर्षअघिदेखि शुरु गरिएको व्यवसायमा अहिले उन्नत जातका चौध भैंसी छन् ।
कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सिंहदरबारको पूर्वी गेट अनामनगरमा मङ्गलबार स्थापित  स्यानिटाईजर बुथको उद्घाटनपछि हास्य कलाकार दीकपराज गिरी, अनामनगर प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेत, जागौँ युवा अभियानका अध्यक्ष करण श्रेष्ठलगायत । 
कोभिड-१९ को  कारण श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा मङ्गलबार  सुनसान  देखिएको ललितपुरको पाटन दरबार क्षेत्र ।
बागलुङमा हालै मात्र पहिचान भएको बागलुङ नगरपालिका–६ र ७ को सिमानास्थल बैरेनीमा बुद्ध हिल अवलोकन गर्दै आन्तरिक पर्यटक । हाइकिङ जाने क्रममा उक्त पहाडको ढुङ्गामा बुद्धको आकृति देखिएपछि यसलाई बुद्ध हिलको रुपमा नामकरण गरिएको छ । 
पशुपति क्षेत्रको बाग्मती किनारामा फोहोर उठाउँदै मजदुर । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: